INSEC Online

📅 २०८३ जेष्ठ २१

छिटफूट घटनाबाहेक शान्तिपूर्ण रूपमा मनोनयन दर्ता

प्रदेश नम्बर एकमा पर्ने १४ ओटा जिल्लामा स्थानीय तह निर्वाचनका लागि असार ४ गते तय भएको मनोनयन छिटफूट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

प्रदेश नम्वर दुईमा पर्ने सप्तरी र सिरहामा असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन सारिएका कारण सो जिल्लाहरूमा भने बढदो रूपमा रहेको राजनीतिक चहल पहल घटेर गएको छ । आफूहरूको माग सम्बोधन नगरी निर्वाचन गराउन खोजिएको जनाउँदै राजपाले गरेको आमहड्तालका कारण उक्त दुई जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् । बजार, कलकारखाना  र शिक्षण संस्थाहरूसमेत बन्द हुनुका साथै जनजीवन प्रभावित बनेको छ ।

झापा जिल्ला प्रतिनिधि अर्जुन बस्नेतका अनुसार स्थानीय तह निर्वाचनका लागि शान्तिपूर्ण रूपमा उम्मेदवारहरूको मनोनयन दर्ताको कार्य सम्पन्न भएको छ । झापा जिल्लामा कुल आठ नगरपालिका र सात गाउँपालिका गरी १५ ओटा स्थानीय तह रहेकामा सबै नगर तथा गाउँपालिकाहरूमा शान्तिपूर्ण रूपमै मनोनयन दर्ता सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोपाल आचार्यले जानकारी दिए ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार इलाममा पनि मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इलाम नपा, देउमाइ नपा, सूर्योदय नपा र माइ नपा गरी चार नपा र सन्दकपुर, रोङ, चुलाचुली, माङसेबुङ, फाकफोकथुम र माइजोगमाइ गाउँपालिका गरी १० ओटा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमलगायतका राजनीतिक दलका नेता कार्यकर्ताहरूले र्‍याली सहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

Photo20170618Ilam

जिल्लामा उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने काम शान्तिपूर्ण ढङ्गले भएको इलामका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए । इलाम नगरपालिका-१२ मा माओवादी केन्द्रले सोही वडाको अध्यक्षमा उठाउने घोषणा गरेका ३५ वर्षीय नारायण राईको असार २ गतेदेखि अवस्था अज्ञात रहेको छ । माओवादी केन्द्रले असार ३ गते चुनावी सभाको आयोजना गरेको र उक्त कार्यक्रमको तयारीका लागि भन्दै असार २ गते नै राई घरबाट हिँडेका थिए । राई असार ३ गते रातिसम्म पनि पार्टीको सम्पर्कमा नआएकाले राईको खोजी गर्न माओवादी केन्द्रले पनि आफ्ना कार्यकर्ता परिचालन गरेको जनाएको छ ।

Photo20170618Ilam1

राई सम्पर्कविहीन भएको जानकारी आएपछि उनको खोजी कार्य जारी राखिएको र अहिलेसम्म कुनै पत्तो नलागेको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरूङका अनुसार उएटा नगरपालिका र आठ ओटा गाउँपालिकामा बिहान ८ बजेदेखि नै उमेद्वारी मनोनयन दर्ता सुरू भएको थियो । जिल्लामा उम्मेदवारको मनोनयन दर्ता गराउने कार्य शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको जनाइएको छ । फुङलिङ नगरपालिकामा मनोनयनका क्रममा दलहरूबिच कुनै पनि किसिमको विवाद वा समस्या उत्पन्न हुन नदिन दलहरूलाई मनोनयन दर्ताको लागि समय विभाजन गरिएको थियो । दलहरूले निर्धारित समयमा शान्तिपूर्ण रूपमै उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

Photo20170618Taplejung

फक्ताङलुङ गाउँपालिका वडा-२ का नेपाली काङ्ग्रेसका वडा सदस्य पदका उम्मेदवार ३५ वर्षीय मनकुमार पतङ्वा लिम्बूलाई असार ४ गते बिहानदेखि अपहरण गरी सम्पर्कविहीन बनाइएकोमा साँझ पाँच बजेतिर मात्र उनी पारिवारिक सम्पर्कमा आएका छन् । ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी नरबहादुर खड्काले पीडितलाई नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले अपहरण गरेको जनाउँदै प्रहरीको सक्रियतामा अपहरणमुक्त गराइएको जानकारी दिए ।

Photo20170618Taplejung2

3

मोरङ प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचका लागि मोरङमा दलहरूले हर्षोल्लासका साथ मनोनयन दर्ता गराएका छन् । विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

Photo20170618Morang

राजनीतिक पार्टीले हजारौँ कार्यकर्तासहित मनोनयन गर्न गएपनि समय तालिका बनाएर उम्मेदवारी दर्ता गरेकोले कुनै समस्या नभएको निर्वाचन कार्यालयले जनायो । राजपालगायतका दलहरूले चुनाव बिथोल्ने कार्यक्रम सार्वजनिक गरेपनि विराटनगरलगायत जिल्लाभर कतै अवरोध नभएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दीप भण्डारीले जानकारी दिए ।

1

1

सुनसरी प्रतिनिधि शेखर ढकालका अनुसार सुनसरी जिल्लामा स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । १२ ओटा स्थानीय तह रहेको सुनसरीका सबै स्थानीय तहमा शान्तिपूर्ण रूपमा दलहरूले मनोनयन दर्ता गराएको सुनसरीका निर्वाचन अधिकारी जानकी कर्णले बताइन् । सुनसरीका दुई ओटा उपमहानगरपालिका, चार ओटा नगरपालिका र ६ ओटा गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिन दलका उम्मेदवारहरू बजागाजासहित पुगेका थिए ।

1

1

1

1

धनकुटा प्रतिनिधि सन्तोष रूचालका अनुसार दोस्रो चरणमा गर्न लागिएको स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता कार्यक्रम धनकुटामा शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ । धनकुटाको सात ओटै स्थानीय तहको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

Photo20170618Dhankuta

उम्मेदवारी दर्ताको क्रममा दलहरूले पार्टीको झण्डा, टिसर्ट, टोपीलगायतका सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरेका थिए ।

भोजपुर प्रतिनिधि किरण राईका अनुसार स्थानीय तह निर्वाचनका लागि भोजपुरमा पनि उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । लामो समयपछिको निर्वाचन भन्दै अधिकांश दलहरूले उल्लासमय वातावरणमा मनोनयन दर्ता गराएका हुन् ।

Photo20170618Bhojpur

दुई नगरपालिका र सात गाउँपालिका सहित नौओटा स्थानीय तह रहेको भोजपुरमा निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्धारण गरेको छुट्टाछुट्टै समयमा १३ ओटा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

१ लाख ५ हजार ५ सय ५३ जना मतदाता रहेको भोजपुरमा नौओटा स्थानीय तहमा ४ सय २३ ओटा पदका लागि राजनीतिक दलहरू प्रतिस्पर्धामा छन् । जिल्लाको अधिकांश स्थानीय तहमा काङ्ग्रेस, माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम गठबन्धनको चुनावी तालमेल छ भने एमालेले तीन ओटा दलहरूको गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ ।

नौ ओटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नभएको मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले जानकारी दिए । जिल्लाभर १ सय ४१ ओटा मतदान केन्द्र रहेको जनाएको छ ।

सङ्खुवासभाका प्रतिनिधि बाबुराम बास्तोलाका अनुसार सङ्खुवासभामा मनोनय दर्ता शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख गौतमकुमार केसीका अनुसार मनोनयन दर्ताका क्रममा जिल्लामा कुनै पनि अप्रिय घटना भएन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका पाँच नगरपालिका र पाँच गाउँपालिकामा शान्तिपूर्ण र मर्यादित ढङ्गले मनोनयन दर्ता भएको छ । जिल्लामा ९६ हजार ६ सय ६२ मतदाता रहेका छन् भने १ सय ३ मतदान स्थल र १ सय ४७ मतदान केन्द्र तोकिएको छ ।

1

1

खोटाङ प्रतिनिधि सुनिता मगरका अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा मनोनयन दर्ताका क्रममा हुने अनियन्त्रित भीड नियन्त्रणका लागि भन्दै राजनीतिक दललाई समयको पालो बाँडिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

Photo20170618Khotang Photo20170618Khotang2

खोटाङमा मनोनयन दर्ता सौहार्दपूर्ण वातावरणमा भएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १२ दल दर्ता भएका छन् । १ लाख १५ हजार ६ सय ४४ मतदाता रहेका छन् ।

Photo20170618Khotang1

ओखलढुङ्गा प्रतिनिधि शिव ढुङगानाका अनुसार ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । मनोनयन स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेर उम्मेदवारहरूमाथि दुर्व्यवहार गर्न खोजेको आरोपमा लोकतान्त्रिक फोरमका भक्तबहादुर कटुवाल र श्यामकुमार कटुवाललाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । मादक पदार्थ सेवन गरी आफू उम्मेदवार भन्दै अन्य दलका उम्मेदवाहरूमाथि हातपात गर्न थालेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टिका कार्कीले बताए ।

U

U

U

अन्य

भिडियो