INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक तथा राजनीतिक अधिकारको सम्मान गरः मानव अधिकार आयोग

देशका विभिन्न भागहरूमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरूद्वारा भएको बल प्रयोग र गिरफ्तारीप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

‘स्वेच्छाचारी गिरफ्तारी नगर्न तथा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरूलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोग सरकारको ध्यानाकर्षण गराउँदछ । सुरक्षाकर्मीहरूले हिजो शनिबार नवलपरासीको परासी बजारको बुद्धचोकमा राजपा नेपालद्वारा आयोजित कार्यक्रममा लाठीचार्ज, अश्रुँग्यास प्रहार तथा गोली प्रहार गर्दा ४ जना घाइते भएको तथ्य समेतबाट हामी गम्भीर भएका छौँ ।’-जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेपालगञ्ज, जनकपुर, सुनसरी, विराटनगरमा समेत गिरफ्तारीका सूचना प्राप्त गरेको उल्लेख गर्दै आयोगले सुरक्षाकर्मीहरूलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

‘आन्दोलनकारी दल राजपालाई समेत अन्य नागरिकको निर्वाचनमा भाग लिन पाउने अधिकारलाई समेत अवरोध नगर्न, राजनीतिक दलका प्रचार सामग्री जलाउने जस्ता कार्यसमेत नगर्न, निर्वाचनको कार्यक्रम नबिथोल्न र आफ्ना आन्दोलनका कार्यक्रमलाई शान्तिपूर्ण र अहिंसात्मक बनाउन आयोग आग्रह गर्दछ ।’-विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो