मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका लागि सरकारले समुदायस्तरमा सञ्जाल निर्माण गर्ने घोषणा गरेको छ ।
संसदमा जेठ १५ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त घोषणा गर्नु भएको हो ।
उहाँले भन्नु भयो–‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न समुदायमा सञ्जाल निर्माण गरेर परिचालन गरिने छ ।’
मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका लागी प्रहरी र सामाजिक सङ्घ संस्थासँगको समन्वयलाई अझै प्रभावकारी बनाउने पनि अर्थमन्त्रीले घोषणा गर्नु भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अनुसार ९४ जना बेचबिखन तथा ओसारपसार प्रयाससमेतबाट पीडित भएका छन् ।