INSEC Online

📅 २०८३ जेष्ठ २१

११ महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा

रास्कोट नगरपालिका स्वास्थ्यकर्मीहरूले ११ महिनादेखि तलब नपाएको भन्दै नगर कार्यालय अगाडी धर्नामा बसेका छन्  । पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरूले जेठ ११ गतेदेखि नगरपालिकामा धर्ना सुरु गरेका हुन् ।

पटक/पटक छलफल र तलब माग गर्दा पनि स्वास्थ्य मन्त्रालय र नगरपालिकाले आफूहरुको पीडा नसुनेको हुनाले धर्नामा बस्नु परेको  रोस्कोट नपा–९ फुकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव शंकरप्रसाद बरालले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालय र नगरपालिकाको गैर–जिम्मेवारीपनका कारण तलब पाउन नपाएको गुनासो गर्नुभयो ।

११ महिनादेखि बिना तलब काममा खटिएको बारे नगरपालिकालाई ध्यानाकर्षणपत्र गरिएको तर सुनुवाइ नहुँदा धर्नामा बस्नु परेको पीडित सिनियर अहेव धीरेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो ।
स्वास्थ्यकर्मीहरुले आकस्मिक सेवा र नियमित खोप सेवा बाहेकका सबै सेवा ठप्प पार्ने तथा माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु गर्ने अहेव खड्काले बताउनु भयो ।

तलब नपाउनेमा अधिकांश कर्मचारी समायोजन ऐन ०७५ तथा कर्मचारी मिलान सम्बन्धी व्यवस्था ०७७ बमोजिम रास्कोट नगरपालिकामा समायोजन संशोधन र मिलान भइ आएका स्वास्थ्यकर्मीहरु रहनु भएको छ ।

यसका बारेमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले मन्त्रालयले तलब वापतका रकम पठाउन ढिला गरेकाले समस्या भएको प्रतिक्रिया दिनु भयो । उहाँका अनुसार, “दरबन्दी भन्दा बढी कर्मचारी आए तर तलब नआउँदा यस्तो समस्या भएको हो ।

अन्य

भिडियो