१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नरहा गाउपालिका–४ का २२ वर्षीय नरेस सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले जेठ ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ ८ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ८ गते प्रादेशिक अस्पताल सिरहामा भएको थियो ।
जिल्ला प्रहरी कार्यालयलका डिएसपी रविन्द्रराज पाण्डेका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।