नौ वर्षीया नातिनीलाई बलात्कार गरेको घटनामा मिलापत्रको प्रयास भएपछि गढी गाउँपालिका–५ का स्थानीयले ५५ वर्षीय आरोपितविरूद्ध प्रहरीमा मौखिक उजुरी गरेका छन् ।
पीडित बालिकालाई आरोपितले ०८० जेठ ४ गते बलात्कार गरेको घटनामा पीडित पक्ष र आरोपितबिच जेठ १० गते पञ्चायती बसि मिलापत्र गरेको विषयमा स्थानीय युवाहरूले प्रहरीमा मौखिम उजुरी गरेका थिए ।
पीडित परिवारलाई ३ लाख रुपियाँ र आरोपितले कान समातेर उठवस गर्ने निर्णय पञ्चायतीले गरेपछि स्थानीय युवाहरूले प्रहरीमा खबर दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर बुद्धि चौलागाईँले बताउनु भयो ।
स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी पञ्चायत बसेको स्थानमा पुग्दा आरोपित फरार भइसकेको र खोजी भइरहेको इन्स्पेक्टर चौलागाईँले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १० गते गरिएको चिकित्सक भूमि राजधामीले बताउनु भएको छ ।