INSEC Online

📅 २०८३ जेष्ठ २१

न्याय माग्दै ११ दिनदेखि माइतीघर मण्डलामा अनसन

३० वर्षीया महिलालाई काका ससुराले बलात्कार प्रयास गरेको र अदालतले पतिसँग जबर्जस्ती सम्बन्धविच्छेद गराएको घटनाविरुद्ध अदालतबाट छिटो न्याय माग्दै पीडित आफैँ ११ दिनदेखि माइतीघर मण्डलामा अनसन बस्नुभएको छ ।

विवाहपछि बलात्कार गरेर सबन्धबिच्छेद गराउन बाध्य पारेको भन्दै पतिलाई कारबाही गर्नुपर्ने र उक्त बलात्कारको उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्कीमाथि कारबाही हुनुपर्ने, आफ्नो इच्छा विपरीत पतिसँग सम्बन्धविच्छेद गराउने न्यायाधीश बद्रीप्रसाद ओलीमाथि कारबाही हुनुपर्ने, आफूमाथि पटकपटक बलात्कारको प्रयास गर्ने काका ससुरालाई गिरफ्तार गर्नुपर्ने लगायत पाँच बुँदे माग राखेर पीडित महिला गत वैशाख २७ गतेदेखि अनसन बस्नुभएको हो ।

प्रेममा परेसँगै आरोपितसँग ०७५ सालदेखि शारीरिक सम्बन्ध राखेको र पछि आफू गर्भवती भइसकेपछि आरोपितले ०७५ चैत २० गते अस्पतालमा जबरजस्ती गर्भपतन गराउन लगाएको पीडितको आरोप छ ।

पीडितका अनुसार गर्भपतन गराइसकेपछि काठमाडौँको सिनामङ्गलस्थित एक गेष्ट हाउसमा लगेर गर्भपतन गरेको घाउ निको हुन नपाउँदै ०७५ चैत २४ गते आरोपितले जबरजस्ती शारीरिक सम्बन्ध राखेको पीडितको आरोप छ ।

अन्य

भिडियो