INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाको झुठा उजुरी दिनेलाई जरिवाना

१७ वर्षीया बालिकालाई बलात्कार गरेको र गर्भपतन गराएको भन्दै उजुरी दिने उनकी आमालाई जेठ ४ गते ३ हजार रुपियाँ जरिवानाको फैसला भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले झुठा उजुरी दिएको आरोपमा जाहेरवाली आमालाई नै सजायको फैसला गरेको अदालतले जनाएको छ । पीडित पक्ष होस्टाइल भएपछि अदालतको इजलासले आरोपित खडक नगरपालिका–११ बनौलीका २१ वर्षीय रमेशकुमार साहलाई अभियोग दावीबाट सफाई दिने फैसला गरेको साहका अधिवक्ता बालकिशोर यादवले जानकारी दिनुभयो ।

बालिकालाई २०७९ असार ५ गते राति बलात्कार गरेको र गर्भपतन गराएको भन्दै पीडित साथ आएकी उहाँकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७९ कात्तिक ६ गते उजुरी दिनुभएको थियो । आरोपितले उनकै खेतको आलीमा बलात्कार गरेको पीडितले बताउनु भएको थियो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ६ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले कात्तिक ८ गते उजुरी दर्ता गरेको थियो । आरोपित कात्तिक २० गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा मङ्सिर १४ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासबाट ०७९ मङ्सिर १६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

अन्य

भिडियो