INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन कार्यालयमा ताला लगाउन खोजेको आरोपमा राजपाका कार्यकर्ता गिरफ्तार

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका १४ जना नेता कार्यर्तालाई प्रहरीले विराटनगरबाट असार २ गते गिरफ्तार गरेको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा तालाबन्दी गर्न गएका राजपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

स्थानीय तहको दोश्रो चरणको निर्वाचन अघि संविधान संशोधनको माग गर्दै बन्द हडतालसहितको आन्दोलन गर्दै आएको राजपाका कार्यकर्ताले निर्वाचन कार्यालय अगाडि पुगेर नाराबाजीसहित निर्वाचन कार्यालयको मुलद्वारमा तालाबन्दी गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले राजपाका मोरङ संयोजक मोहम्मद कादिरसहित स्थानीय नेताहरू राधे कामत, रमानन्द साह, लक्ष्मीरमण झा र महिला नेतृ मुन्नी कर्ण सहितका स्थानीय नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

निर्वाचन कार्यालयको मुलद्वारमा अवरोध गरेर आउजाउमा समेत अवरोध गर्न खोजेपछि १४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दिप भण्डारीले बताए ।

अन्य

भिडियो