INSEC Online

📅 २०८३ जेष्ठ २१

संसदीय दलका उपनेतामाथि आक्रमणको प्रयास

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका एमाले संसदीय दलका उपनेता रामराना मगरमाथि आक्रमण प्रयास भएको सो पार्टीले जनाएको छ ।

Photo 20230517 Ilam

इलामको माङ्सेबुङ गाउँपालिकामा जेठ ३ गते आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा सहभागी हुन जाने क्रममा रानामगरमाथि आक्रमणको प्रयास भएको एमाले केन्द्रीय सचिव गगन विष्टले बताउनु भयो ।

कोशी नामाकरणमा विरोध जनाउँदै आएकाहरूले रानामाथि आक्रमण गरेको र राना सवार बा २ झ ३७३७ नम्बरको सरकारी गाडी तोडफोड गरिएको छ ।

तोडफोडबाट ४० हजार रुपियाँ बराबरको क्षति भएको छ । गाडीको अगाडि र पछाडिको भागमा क्षति पुगेको छ ।

माङसेबुङ गाउँपालिका–३ घर्तिदोभान नजिकै पहिचानवादीहरूले रानालाई आक्रमण गरेको नेपाल कम्युनिष्ट पार्टी कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेद्वारा जेठ ३ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

अन्य

भिडियो