INSEC Online

📅 २०८३ जेष्ठ २१

पर्यवेक्षक निष्पक्ष हुनुपर्ने सरोकारवालाहरूको जोड

आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको पर्यवेक्षण स्वच्छ ढङ्गले गर्नेुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

विराटनगरमा इन्सेक क्षेत्रीय कार्यालय र नियोगको सहकार्य तथा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आयोजना गरेको निर्वाचन र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले विगतमा पर्यवेक्षक बन्ने र कुनै दललाई सघाउ पुग्ने काम गरेको देखिएको भन्दै यस पटक यसलाई निरूत्साहित गर्नुपर्ने बताएका हुन् ।

उनीहरूले पर्यवेक्षकको सुरक्षा, आपतकालिन उद्धार समिति, घुम्ती टोलीलगायतका विषयमा सहकार्य गर्न आवश्यक भएको सुझाव दिएका छन् ।

पर्यवेक्षण गर्ने भनेर कुनै ठाउँमा भिड जम्मा गर्ने त कुनै ठाउँमा कुनै पनि टोली नपुग्ने भएको भन्दै सहकार्य गरेर जिल्लाभरी नै पर्यवेक्षण गर्नुपर्ने कुरामा सहभागीहरूले जोड दिएका छन् ।

उनीहरूले निर्वाचनको दिन र मत गणनाको समयमा पनि कहाँ के हुँदैछ भनेर जानकारी गराउन साझा सचिवालय स्थापना गर्नुपर्ने बताएका छन् ।

पर्यवेक्षकको पनि मताधिकार भएको सन्दर्भमा मत हाल्न जाँदा पर्यवेक्षण लेखिएको गाडी चढेर, ज्याकेट र टोपी लगाएर जान नमिल्ने भएकोले आफूले मत हालेको स्थान भन्दा अरू स्थानको पर्यवेक्षण गर्न सुझाव दिइएको छ ।

मोरङको मतदान स्थल अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी छुट्याइएकोले अति सम्वेदनशील क्षेत्रमा बढी ध्यान दिनुपर्ने कार्यक्रममा जोड दिइएको छ ।

पर्यवेक्षकले सम्वेदनशील भएका स्थानमा जाँदा आफ्नो सुरक्षामा पनि ध्यान दिन आग्रह गरिएको छ ।  मोरङलगायत पूर्वाञ्चलका विभिन्न जिल्लामा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, नियोक, गैरसरकारी संस्था नेपा, वपरडेक, नेपाल वारलगायतले पर्यवेक्षण गर्ने जानकारी दिएका छन् ।

नियोक मोरङका अध्यक्ष त्रिलोक न्यौपानलेले मतदान स्थलमा होस वा गुम्ती पर्यवेक्षकले आफ्नो सुरक्षा र स्वच्छ पर्यवेक्षणमा ध्यान दिनुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक झङ्कर रावलले आयोगको केन्द्रीय टोली आएर सबै जिल्लामा पर्यवेक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश लम्साल र जिल्ला अध्यक्ष बन्धु पोखरेलले पत्रकारहरूले सबै निर्वाचनको सन्दर्भमा समाचार सम्प्रेषण गरिरहेको भन्दै पत्रकारको सुरक्षा र सूचना आदानप्रदानमा सहकार्य गर्न सुझाव दिए ।

अन्य

भिडियो