३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–६ का ३१ वर्षीय शंक बुढालाई आठ महिना पछि वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपित बुढाले ०७९ असोज ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि आरोपित फरार अवस्थामा थिए ।
पीडित पक्षको उजुरीका आधारमा घर नजिकैको खोलामा लुकेको अवस्थामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुबराज बमले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ कात्तिक ९ गते जिल्ला अस्पतालमा गरिएको थियो ।