INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीमाथि आक्रमण घटनाका आरोपित गिरफ्तार

इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी रावत र बलात्कार घटना पीडितका आफन्त धनमान विकमाथि आक्रमण गरि घाइते बनाएको आरोपमा पालाता गाउँपालिका–६ का २८ वर्षीया मैना बुढा,सोही ठाउका ४२ वर्षीया जानकी बुढा,६० वर्षीया वजैपुरा बुढा, ५९ वर्षीया कलशा बम, ६१ वर्षीया जनकला बुढा र १५ वर्षीय बालकलाई प्रहरीले घरैबाट वैशाख २८ गते गिरफ्तार गरेको छ ।

फरार रहेका बलात्कार घटनाका आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंक बुढालाई गिरफ्तार गर्न गएका प्रहरीमाथि आरोपित पत्नी मैना बुढा लगायतको टोलीले वैशाख २५ गते आक्रमण गर्दा गम्भीर घाइते भएका थिए ।

पीडित पक्षले नौ जनाको नाममा ज्यानमार्ने उद्योगमा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा वैशाख २६ गते दिएपछि आरोपिहरु मध्ये ६ जनालाई गिरफ्तार गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुवराज बमले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भएको हो ।

अन्य

भिडियो