शुभम् फाउण्डेशनमा रहेका बालबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा साकेला गाउँपालिका–२ रतन्छाका ७५ वर्षीय मदन राईलाई प्रहरीले अनुसन्धानका लागि वैशाख २९ गते गिरफ्तार गरेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक मदन राईलाई बाल यौन दुर्व्यवहार आरोपमा अनुसन्धानका लागि फाउण्डेशनबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मुकारूङले बताउनु भयो ।
राईले बालबालिकलाई यौन दुर्व्यवहार गरेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएकाले अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी मुकारूङको भनाइ छ ।