INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा कीर्तिपुर नगरपालिका-६ का ३५ वर्षीय नरेन्द्र केसीलाई प्रहरीले ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ ।

फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको भन्दै पीडित पक्षले वैशाख २५ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएका थिए ।

आरोपितले पीडितलाई ललाइ फकाइ अश्लिल क्रियाकलाप गर्न बाध्य पारेर उक्त भिडियो रेकर्ड गरी आफूले भने अनुसार नगरे रेकर्ड गरेको भिडियो साथिहरूलाई पठाइदिने भनेर अनुकुल व्यक्तिगत फाइदा समेत लिएको प्रहरीको साइवर ब्युरो भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले बताउनु भयो ।

ब्युरोले जिल्ला अदालत काठमाडौँबाट वैशाख २७ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले बताउनु भयो ।

अन्य

भिडियो