कर्णाली प्रदेश सभाका विषयगत समितिहरू ०८० वैशाख १७ गते गठन भएका छन् । सभाको पहिलो अधिवेशनको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरूङले विषयगत समिति गठन प्रस्ताव राखेकोमा सांसदहरुले सहमति जनाएका छन् ।
जस अन्तर्गत , प्रदेश मामिला समितिमा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, सुरेश अधिकारी रहनुभएको छ ।
यसै गरी,सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, तुलसा मल्ल, धिरेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट, सन्तोषी शाही रहनुभएको छ ।
यसैगरी अर्थ तथा प्राकृतिक स्रोत समिति दुर्गबहादुर रावत, बलिमाया बुढा, विजया बुढा, वीरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा, हिक्मतबहादुर विष्ट रहनुभएको छ भने सामाजिक विकास समितिमा ईन्द्राकुमारी शाही, कलबहादुर हमाल, गोमत बिक, घनश्याम भण्डारी, जुमकित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल, राजीवविक्रम शाह रहनुभएको छ ।
गठन भएका समितिले क्षेत्राधिकाभित्र रहेर काम गर्नेछन् । सरकारले गरेका कामको अनुगमन तथा निरिक्षण गर्ने अधिकार समितिलाई दिइएको हुन्छ । समितिले आवश्यक कानुन बनाउने तथा दफाबार रुपमा छलफल समेत गर्ने अधिकार हुन्छ । सरकारले सबै काम एक्लै गर्न नसक्ने भएकाले समितिमार्फत कामको बाँडफाड गरिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले बताउनुभयो ।