अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ का २४ वर्षीय प्रवेश बस्नेतलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० वैशाख २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते इलाका प्रहरी कार्यालय वेलवारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख २५ गते गरिएको छ ।