INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगद्वारा द्वन्द्वपीडितको पुनःस्थापनाको अवस्थाबारे अनुगमन तथा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनःस्थापना र उनीहरूको अवस्थाबारे जेठ ३१ गते अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाई र कल्पना नेपाल आचार्यसहितको टोलीले अनुगमन गरेको हो ।

टोलीले माथागढी गाउँपालिका-८ बहादुरपुरका द्वन्द्वपीडितहरू र उनीहरूका परिवार र आफन्तसित भेट गरी छलफल गरेको मानव अधिकार अधिकृत कल्पना नेपाल आचार्यले बताइन् । तत्कालीन द्वन्द्वको समयमा पीडित भएकाहरू जसले क्षतिपूर्ति समेत पाइसकेका छन् । ‘उनीहरूको आर्थिक, सामाजिक अवस्थाबारे समुदायमै पुगेर अनुगमन तथा छलफल समेत गर्‍यौँ ।’-आचार्यले भनिन् ।

२०६२ साल असोज ८ गते तत्कालीन माओवादी र नेपाली सेनाबिच बहादुरपुरमा भएको दोहोरो भिडन्तमा मृत्यु भएका सर्वसाधारण व्यक्ति मिलन रखालका परिवार र घाइते पुनम ढेंगा र विपिन ढेंगालाई भेट गरी आयोगको टोलीले छलफलसमेत गरेको छ ।

अन्य

भिडियो