INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

५९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरीगञ्ज गाउँपालिका–२ का २० वर्षीय सुनिल हस्दालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश ओमबहादुर सोडारीको ०८० वैशाख २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै २ लाख रुपियाँ जरिबानाको आदेश भएको छ ।

पीडित महिलालाई आरोपितले ०७८ जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २६ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७८ जेठ २६ गते गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा असार १५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश इन्दिरा शर्माको असार १६ गतेको आदेशमा आरोपित धरौटीमा रिहा भएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ जेठ २६ गते गरिएको थियो ।

अन्य

भिडियो