INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

३५ वर्षीया हिंसा पीडित सुस्त तथा अपाङ्ग महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरले वैशाख २२ गते आर्थिक सहयोग गरेको छ ।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले हिंसा पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।

पडितको आर्थिक अवस्था कमजोर रहेको र गर्भवती पनि भएकोले पोषिलो खाना तथा सुत्केरी गराउन सहज होस भनि आर्थिक सहयोग गरेको संयोजक पासवानले बताउनु भयो ।

पीडित महिलालाई ०७९ साउन २८ गते सुखिपुर नगरपालिका–३ का २० वर्षीय चन्दन यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १ गते भएको र थप जाँच पुस २ गते भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर केशव कटुवालले बताउनु भयो । आरोपित फरार रहेकोले खोजतलास भइरहेको इन्सपेक्टर कटुवालले बताउनु भयो ।

 

अन्य

भिडियो