२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शान्तिनगर गाउँपालिका–७ का ३५ वर्षीय नविन बस्नेतविरूद्ध वैशाख २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
घटनालगत्तै आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।