INSEC Online

📅 २०८३ श्रावण ९

बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा नवलपुर जिल्ला अदालतले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश उमेश प्रसाद लुईटेलको वैशाख २० गतेको इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको जिल्ला अदालतका नायव सुब्बा सन्तोष सिग्देलले जानकारी दिनुभयो ।

पीडित बालिकालाइ पुनले ०७७ भदौं १८ गते बलात्कार गरेको भन्दै ०७७ असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दर्ता भएको थियो ।

उजुरी पछि ०७७ कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुरपक्षको लागि थुनामा पठाएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण ०७७ असोज २९ गते जिल्ला अस्पताल नवलपुरमा भएको थियो ।

अन्य

भिडियो