INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई  बलात्कार गरेको आरोपमा प्रहरीले  १६ वर्षीय बालकलाई वैशाख २० गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभनमा  वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए ।

उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान भइरहेको गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो