INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौर टोलका १९ वर्षीया पारस देउवा ठकुरीलाई वैशाख १५ गते सीमानाका गड्डा चौकीबाट गिरफ्तार गरेको छ ।

वैशाख १४ गते साँझ पीडितलाई घर भन्दा केही टाँढा खेतवारीमा बोलाएर  बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर लोकेन्द्रसिंह ठगुन्नाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको अंकलका अनुसार पीडितलाई आरोपितले बलात्कार गरेपछि खोलामा फाल्दा पीडित बालिकाको कम्मरमा सामान्य चोट समेत लागेको र बालिकाकोे स्वास्थ्य परीक्षण महाकाली प्रादेशिक अस्पतालमा वैशाख १४ गते राति नै गरिएको पीडितका काकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अन्य

भिडियो