१५ वर्षीया बालिकालाई मिर्चैया नगरपालिका–१० का २० वर्षीय रुस्तम भन्ने पंकज यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख १३ गते उजुरी दिनुभयो ।
आरोपितले बालिकालाई वैशाख १२ गते बलात्कार गरेकाले उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १३ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीकृष्ण केसीका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताउनु भयो ।