INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

६४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिरी नगरपालिका-३ का ३५ वर्षीय यज्ञबहादुर थापाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख १३ गते उजुरी दिएका छन् ।

आरोपित थापाले वैशाख ९ गते पीडित महिलाको घरमा प्रवेश गरि बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १२ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।

प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।

अन्य

भिडियो