१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ८० वर्षीय हजुरबुबाविरुद्ध ०८० वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आरोपितले बालिकालाई वैशाख ३ गते ललाई फकाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ११ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।
आरोपितलाई प्रहरीले वैशाख ११ गते घरैबाट गिरफ्तार गरेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।