INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई वैशाख ९ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै  पीडित पक्षले वैशाख ८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिफ्तार गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ८ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो