INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले तिलागुफा–१० रानावाडाका ७० वर्षीय खाम्मा राना लाई घरबाटै वैशाख ११ गते गिरफ्तार गरेको छ ।

अपाङ्गता भएकी बालिका ०७९ फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी पीडितका बुबाले वैशाख १० गते दिएको जाहेरीमा उल्लेख छ । जाहेरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिनुभयो ।

पीडित बालिका र आरोपितको स्वास्थ्य परीक्षण हुन ढिलाई भएको र स्वास्थ्य परीक्षण भएपछि वैशाख १२ गते नै मुद्दा दर्ता हुने डिएसपी रिमालले वताउनु भयो ।

बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भए पनि बालिकाको आफ्न्तले नमानेपछि कुरा बाहिर आएको पीडित पक्षको भनाइ रहेको छ ।

अन्य

भिडियो