१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका २० वर्षीय मो. अकमल वैशाख ९ गते गिरफ्तार भएका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले ०७७ भदौ १२ गते उजुरी दर्ता गरी आरोपितको खोजतलासका क्रममा गिरफ्तार गरेको जनाएको छ । आरोपितले फोन गरी मस्जिदमा भेट्न बोलाइ ०७७ भदौ २ गते राती बलात्कार गरेको पीडितले बताउनु भएको छ ।
पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७७ भदौ ११ गते उजुरी दिनुभएको थियो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ १२ गते स्वास्थ्य परीक्षण भएको थियो ।
जिल्ला अदालतबाट ०७७ भदौ १५ गते पक्राउ पुर्जी जारी भएकोमा आरोपित गिरफ्तार नभएपछि सप्तरी जिल्ला अदालतले ०७८ भदौ १ गते अभियोजनपत्र दर्तासँगै वारेण्ट जारी गरेको थियो ।