INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमनपा–१२ की ४१ वर्षीया शारदा केसीको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ४४ वर्षीय मेघराज केसीलाई वैशाख ८ गते घोराही उपमनपा–४ गोग्लीबाट गिरफ्तार गरेको छ ।

शारदालाई आरोपितले वैशाख १ गते चिरपट प्रहार गरी हत्या गरेर घर नजिकैको बारीमा गाडेको बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताउनु भयो ।

मृतकको शव वैशाख ६ गते छिमेकीले तरकारी टिप्न गएकोबेला घर छेउमै मलखादमा खुट्टा बाहिर निस्कीएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव भेट्टिएपछि मृतककी छोरीले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताउनु भयो ।

प्रहरीले शव उत्खनन् गरी  वैशाख ७ गते भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको थियो ।

अन्य

भिडियो