INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच दिनअघि अपहरणमा परेका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात

पाँच दिनअघि अज्ञात समूहको अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी ५० वर्षीय राजकुमार श्रेष्ठको अवस्था जेठ ३० गते दिउँसोसम्म अज्ञात रहेको छ ।

पीडित पक्षले अपहरणमा परेका श्रेष्ठको खोजविन गरिदिन जिल्ला प्रहरी कार्यालय सल्यानमा जेठ २७ गते निवेदन दिएको छ ।

प्रहरीले उनको खोजविनका क्रममा सल्यानको कपुरकोट गाउँपालिका सिनवाङ र रिमको बिच जङ्गलमा पर्ने सितल बजारमा श्रेष्ठ सवार बा. १२ च १०७१ नम्बरको निजी जिप र भारतीय नम्बर प्लेटको गाडी २७ गते भेटाएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

तुलसीपुरबाट जेठ २६ गते राति ८ बजे अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको खोजी कार्य व्यापक बनाइएको डिएसपी खत्रीले जानकारी दिए ।

प्रहरीले कलडिटेलका आधारमा घटनाको बारेमा पत्ता लगाउने अवस्था नजिक पुगेको जनाएको छ । डिएसपी खत्रीका अनुसार सल्यानका साथै दाङ प्रहरीले पनि अनुसन्धानलाई व्यापक बनाउनुका साथै गहन सुरक्षा संयन्त्र परिचालन गरिएको छ । श्रेष्ठ विगत लामो समयदेखि तुलसीपुरमा कपडाको व्यापार व्यवसाय गर्दै आएका थिए ।

अन्य

भिडियो