INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१९ र २० वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार  गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–५ का ४४ वर्षीय नुमाराज भुसाललाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।

लमहीमै बि एण्ड बि होटेल खोलेर बसेका भुसालले कामको खोजीमा आएका दुई जना महिलालाई  प्रलोभन देखाएर चार महिनादेखि ०७९ चैत २७ गतेसम्म यौन कार्यमा लगाएको भन्दै पीडित पक्षले वैशाख ५ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई होटेलबाटै गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

पीडित दुवै जनाको स्वास्थ्य परीक्षण वैशाख ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ  ।


अन्य

भिडियो