तुलसीपुर कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हबल्दार तुलसीपुर उमनपा–८ का ३२ वर्षीय बसन्त केसीले वैशाख ३ गते डिउटी पोष्टमै आफैलाई गोली हानेर आत्महत्या गरेका छन ।
पोष्टमा डिउटी बसिरहेका बेला एसएलआरले घाँटीमा गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुबाट ०७९ चैत २९ गते सरूवा भइ आएका केसीले किन आत्महत्या गरे भन्ने नखुलेको कारागारका जेलर रम्भा केसीले जानकारी दिनु भयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताउनु भयो ।
शवको पोष्टमार्टम वैशाख ४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।