रत्नपार्कस्थित शान्तिबाटिकामा मिटरब्याजी पीडित र प्रहरीबीच झडप हुँदा १६ जना मिटरब्याज पीडित र डिएसपी सहित तीन जना प्रहरी घाइते भएका छन् ।
विभिन्न जिल्लाबाट भेला भएर शान्तिबाटिकामा भेला भएका मिटरब्याज पीडितले आन्दोलनका क्रममा सिंहदरबा
र घेराउ गर्न जान लाग्दा प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।
प्रहरीसँगको झडपमा परी मिटरब्याज पीडिततर्फ घाइते हुनेहरूमा नवलपरासी सुस्ता पश्चिमका ३७ वर्षीय कुल बहादुर थापा, ओखलढुङ्गाका २१ वर्षीय प्रदिप नेपाल, रुकुम पश्चिमकी २७ वर्षीया यम कुमारी डडेल, काठमाडौँका ३२ वर्षीय मनोज प्रभात, नवलपरासी सुस्ता पश्चिमका ४८ वर्षीय नाथु प्रसाद थारु, नवलपरासी सुस्ता पश्चिमका ६० वर्षीय महादेव तेली, नवलपरासी सुस्ता पश्चिमका ६१ वर्षीय बलिराम चमार, नवलपरासी सुस्ता पश्चिमका ७० वर्षीय राम कवल चमार, नवलपरासी सुस्ता पश्चिमका ५० वर्षीया उमाशंकर लोनिया, नवलपरासी सुस्ता पश्चिमका ६६ वर्षीय हर्ष बहादुर गुप्ता, नवलपरासी सुस्ता पश्चिमका ४५ वर्षीया भगवती चमार, नवलपरासी सुस्ता पश्चिमका ६० वर्षीय बिष्णुदयाल गुप्ता, महोत्तरीका ५० वर्षीय ककुल्ती यादव, नवलपरासी सुस्ता पश्चिमकी ५४ वर्षिया खुस्बुन शाह, बाजुराका ३५ वर्षीय निर्घ नविन, ललितपुरका २५ वर्षीय सुर्य श्रेष्ठ रहेका छन् ।
त्यस्तै मिटरब्याज पीडि
तसँगको झडपमा परी प्रहरीतर्फ डिएसपी सहित तीन जना घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेहरूमा प्रहरी वृत दरबारमार्गकी डिएसपी कोपिला चुँडाल, प्रहरी हवल्दार मनोज राज रायभाट र प्रहरी जवान अविना परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
झडपमा परी घाइते हुनुभएकी डिएसपी चुँडालको चिउँडोमा आठ ओटा टाँका लगाएको र घाइते तीनै जना नेपाल प्रहरी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको एसपी रिजालले उल्लेख गर्नुभयो ।
झडपमा परी घाइते भएकाहरूकोे टाउको, हात, खुट्टा र सरिरका विभिन्न भागहरूमा चोट लागेको छ । घाइते हुनेहरूमध्ये १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएको र गम्भीर घाइते रहेका कुल बहादुर थापा, यम कुमारी डडेल, निर्घ नविन, हर्ष बहादुर गुप्ता, सुर्य श्रेष्ठ र मनोज प्रभातको इमर्जेन्सी वार्डमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर विनोद शेरचनले जानकारी दिनुभयो ।
आन्दोलनका क्रममा प्रहरीले आफ्ना २० जनाभन्दा बढी सहकर्मीहरूलाई गिरफ्तार गरेर नगर प्रहरी कार्यालय भृकुटीमण्डप, प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा राखेको मिटरब्याज पीडित अभियन्ता मनोज खतिवडाले बताउनु भयो ।
गिरफ्तारीमा परेका सहकर्मीहरूलाई प्रहरीले रातीसम्म पनि नछाडेको मिटरब्याज पीडित अभियन्ता खतिवडाले जानकारी दिनुभयो ।
