INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तेमाल गाउँपालिका–३ सरमथलीका ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई ०७९ चैत २७ गते काठमाडौँ महानगरपालिका–१५ भगवानपाउबाट गिरफ्तार गरेको छ ।

आरोपितविरूद्ध पीडित महिलाले ०५८ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी उजुरी दिएकी थिइन् ।

पीडित महिलालाई ०५४ भदौ २१ गते पैसा कमाउने काममा लगाइदिन्छु भनी फकाई गाउँबाट काठमाडौँ हुँदै झुक्याएर भारतको दिल्लीस्थित ३ नं‍. कोठीमा लगेर बिक्री गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनु भयो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालयले पहिलो पटकलाई सात दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

अन्य

भिडियो