११ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएका ३२ वर्षीय बावुलाई भक्तपुर जिल्ला अदालतले जेठ २८ गते २३ वर्षजेल र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए ।
पीडित बालिकालाई आरोपितले ८ वर्षको उमेरदेखि पटकपटक बलात्कार गर्दै आएको आरोपमा पीडित बालिकाकी आमाले ०७३ पुस २४ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षले महानगरीय प्रहरी वृत्त थिमीमा दिएको उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २६ गते काठमाडौँको त्रिविवि शिक्षण अस्पताल माहाराजगञ्जमा भएको थियो ।