चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने १९ वर्षीय सुभास जिरेललाई ०७९ चैत २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले चैत २२ गते पीडितकै घरमा गएर बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितकी आमाले चैत २६ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २६ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा भयो ।