INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा जन्मकैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दमक नगरपालिका–१ का ६४ वर्षीय हर्कबहादुर राईलाई जन्मकैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०७९ चैत २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै २ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुराँगाइले बताउनु भयो र

पीडित बालिकालाई आरोपितले ०७८ फागुन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले चैत २ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत १० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमको चैत २० गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा चैत २ गते गरिएको थियो ।

त्यसैगरी २० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले विर्तामोड नगरपालिका–९ का ३६ वर्षीय आलम मियाँलाई ७ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको चैत २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुराँगाइले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ असार ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ६ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले साउन ६ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा साउन २९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको साउन ३० गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा साउन ६ गते गरिएको थियो ।

अन्य

भिडियो