INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा चार वर्ष कैद सजाय

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–८ महुलियाका ३३ वर्षीय राजकुमार दासलाई चैत २६ गते ४ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले आरोपित दासलाई कसुर ठहर गर्दै ४ वर्ष कैद सजायका साथै १ लाख रुपियाँ क्षतिपूर्ति भराउन र फौजदारी कसुर पीडित राहत कोषमा ४ हजार रुपियाँ जम्मा गराउन फैसला भएको अदालतका अधिकृत ध्रुबप्रसाद निरौलाले बताउनु भयो ।

आरोपितले ०७७ चैत ९ गते रातिे बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७७ चैत २७ गते उजुरी दिनुभएको थियो । पीडितका अनुसार घर नजिकैको शौचालयमा पिसाब फेर्न गएका बेला ढोकाको चुकुल नलगाएको देखि आरोपित भित्र पसी बसेको र गम्छाले मुखबन्द गरी बलात्कार गरेका थिए ।

पीडितको स्वास्थ्य परीक्षण ०७८ वैशाख १४ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । त्यसअघि पनिबलात्कार प्रयासको उजुरी दिनुभएकी पीडितको चैत २८ गते पनि सोही अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीले ०७८ असार ९ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतले असार २४ गते पक्राउपुर्जी जारी गरेको थियो । आरोपित फरार रहेकोमा जिल्ला अदलातमा ०७८ फागुन २९ गते अभियोग पत्रदायर भएको थियो ।

आरोपित गिरफ्तार भएपछि जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले २०७९ जेठ १८ गतेदेखि पुर्पक्षकालागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो