१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ३४ वर्वीय बाबुविरुद्ध पीडित पक्षले चैत २४ गते इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिएको छ ।
बलात्कारबाट बालिका गर्भवती भएपछि आमाले थाहा पाएपछि घटना बाहिर आएको हो । घटना सार्वजनिक भएपछि आरोपित फरार रहेको पीडित पक्षले जनाएको छ । पीडित बालिकाकी आमाले छोरी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भएको बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २४ गते बर्दिवास्थित जिल्ला अस्पतालमा गरिएको छ।