लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोट घर भई जिल्ला कारागार कार्यालय रामेछापमा थुनुवा जीवन बिताउँदै आउनुभएका ५२ वर्षीय वीरे दर्जीको ०७९ चैत २४ गते मृत्यु भएको छ ।
कारागारमा बिरामी पर्नुभएका दर्जीको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो ।
अकस्मात चक्कर लागेपछि कारागारकै स्वास्थ्यकर्मीले उहाँका सामान्य स्वास्थ्य परीक्षण गरी थप उपचारको लागि नजिकैको जिल्ला अस्पताल पठाएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनुभयो ।
कर्तव्य ज्यान मुद्दाको पुर्पक्षको क्रममा दर्जीलाई फागुन ४ गते कारागारको थुनामा पर्नुभएको थियो । कुनै रोग नदेखिएका दर्जी अकस्मात बिरामी परेको तामाङले बताउनु भयो ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रामेछापमा राखिएको तामाङले जानकारी दिनुभयो ।