INSEC Online

📅 २०८३ जेष्ठ २१

सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा मिटरब्याज पीडितहरू गिरफ्तार

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका १७ जना मिटरब्याज पीडितलाई प्रहरीले ०७९ चैत २४ गते सिंहदरबार अगाडिबाट गिरफ्तार गरेको छ ।

विभिन्न जिल्लाबाट चैत २० गते काठमाडौँ आएका मिटरब्याज पीडितहरू आन्दोलनको पाँचौँ दिन सिंहदरबार अगाडि निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले गिरफ्तार गरेको हो ।

Photo_079-12-24_Kathmandu..

गिरफ्तारीमा पर्नेहरूमा रुपन्देहीका ३० वर्षीय अवधेश कुशवाह, भक्तपुरका २५ वर्षीय सौरभ श्रेष्ठ, कैलालीका २५ वर्षीय अविशेक भुल, रौतहटकी ३८ वर्षीया बोध कुमारी खड्का, महोत्तरीकी ५५ वर्षीया जैस्तला कोइरी, नवलपरासी सुस्ता पश्चिमका २८ वर्षीय विकेश चौधरी, रुपन्देहीकी ३२ वर्षीया रविता खातुन, धनुषाकी ५५ वर्षीया सन्तोषी देवी केवट, सिराहाका ४० वर्षीय रामशुभक मुसहर, रौतहटका ३५ वर्षीय नवाब सरिफ, रुपन्देहीका २९ वर्षीय उमेश कोईरी , कपिलवस्तुका २६ वर्षीय अंकित खनाल, नवलपरासीकी ४२ वर्षीया अम्बिका चौधरी, सिराहाकी ४८ वर्षीय तिलेश्वरी देवी यादव, काठमाडौँकी ३९ वर्षीया देवसरा देवी राजबाहक, महोत्तरीका ५६ वर्षीय अकबर मियाँ, सिराहाका ४५ वर्षीय मोहरलाल यादव रहेका छन् ।

Photo_079-12-24_Kathmandu.

गिरफ्तारीमा परेका मिटरब्याज पीडितहरूलाई नगर प्रहरी कार्यालय भृकुटी मण्डपमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।

प्रहरी धरपकडबबाट सहकर्मीहरू गिरफ्तारीमा परेपछि अहिले मिटरब्याज पीडितहरूको समूहले भृकुटी मण्डप अगाडि नगर प्रहरी कार्यालयमा धर्ना दिइरहेको छ ।

Photo_079-12-24_Kathmand.u

मिटरब्याज तथा ठगीविरुद्धका अभियन्ता निर्घ नबिनले गिरफ्तारीमा परेका आफ्ना सहकर्मीहरूलाई प्रहरीले नछाडेसम्म धर्नामा बस्ने इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

Photo_079-12-24_Kathmandu

अन्य

भिडियो