२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०७९ चैत २४ गते तनहुँको पोखरी भज्याड गाउँपालिका-५ स्थायी घर भई भरतपुर महानगरपालिका-१ बालकुमारी चोक स्थित रहेको कल्पना होटल एण्ड गेष्ट हाउसकी सञ्चालिका ४० वर्षीया कल्पना महरालाई १० वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
साथै ५० हजार जरिबाना, ३० हजार क्षतिपुर्ति र दुई हजार दुई सय रुपियाँ पीडित राहत कोषमा भराउन समेत फैसलामा उल्लेख भएको श्रेष्तेदार आचार्यले बताउनु भयो ।
महराले ०७९ असार ३० गते वेश्यावृत्तिमा लगाएको भन्दै पीडित महिलाले असार ३२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा मानव बेचबिखनमा उजुरी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ३२ गते भरतपुर अस्पतालमा गरियो ।
महरा असार ३२ गते नै गिरफ्तार भइन् ।
प्रहरीले साउन २४ गते चितवन अदालतमा मुद्दा दर्ता गरेकोमा साउन २५ गते न्यायाधीश रितेन्द्र थापाको इजलासले पुर्पक्षका लागि थुनामा गएकी थिइन् ।