INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नगरपालिका– ८ का २५ वर्षीय विवश घर्तिलाई चैत २२ गते गिरफ्तार गरेको छ ।

चैत १८ गते पीडित बालिका वीरेन्द्रनगरबाट  साँझ अटोमा घर फर्किने क्रममा आरोपितले मिठाईमा बेहोस हुने औषधी मिसाई खान दिएर बेहोस गराइ भेरी नदी किनारा नजिक बलात्कार गरेको पिडितको भनाई छ ।

पीडितले चैत २२ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भएको हो । उजुरीको आधारमा आरोपितलाई त्यही दिन गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्स्पेक्टर रमेश राइले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १९ गते प्रदेश अस्पताल सुर्खेतमा गरिएको थियो ।

अन्य

भिडियो