INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा दश वर्ष कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई चैत २३ गते १० वर्ष कैद सजाय भएको छ ।

न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले आरोपितलाई कसुर ठहर गर्दै १० वर्ष कैद सजायका साथै १ लाख रुपियाँ जरिवाना तिर्नुपर्ने र १ हजार ८ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

आरोपितले २०७९ असार ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार १२ गते उजुरी दिनुभएको थियो । मोटरसाइकलमा लगेका आरोपितले खडक नगरपालिका–१० बेल्हास्थित विद्यानन्द चौधरीको फूलबारीमा बलात्कार गरेको पीडितले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७९ असार १२ गते उजुरी दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । आरोपितलाई प्रहरीले ०७९ असार १२ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतमा ०७९ साउन ३ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश सुर्यनाथ प्रकाश अधिकारीको इजलाशले आरोपित साउन ४ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो