INSEC Online

📅 २०८३ जेष्ठ २१

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र बुबाको ठेगान नभएको बच्चाको जन्मदर्ता लगायत सरकारी कागजपत्र आमातिरको थरबाट बनाउन मातहतका निकायलाई निर्देशन जारी गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ०७९ चैत २२ गते एक सर्कुलर जारी गर्दै ७७ ओटै जिल्लाका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय र ६ हजार ७ सय ४३ ओटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई चार बुँदे सर्कुलर जारी गरेर उक्त निर्देशन दिएको हो ।

सर्कुलरका अनुसार कुनै महिलाको बिवाह अघि जन्मेको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले बिवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गर्न भनिएको छ ।

सर्कुलरमा बिवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले बिवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र ठेगानामा जन्म दर्ता गर्न भनिएको छ ।

त्यस्तै जन्मदर्ता भइसकेपछि बुबाको ठेगान पत्ता लागेको अवस्थामा जन्मदर्ता रद्द गरी बुबाको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागद्वारा जारी पत्रमा उल्लेख छ ।

Photo_079-12-22_Kathmandu

अन्य

भिडियो