INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेश नामाकरणमा विरोध, दुई साता पुग्न लाग्दा समेत शवको पोष्टमार्टम हुन सकेन

कोशी प्रदेश नामाकरणको विरोधका क्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका भनिएका र उपचारका क्रममा चैत १० गते मृत्यु भएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) को पोष्टमार्टम हुन सकेको छैन् ।

मृत्यु भएको झण्डै दुई साता हुन लाग्दा समेत पीडित परिवार र प्रदेश न.१ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले लाजेहाङको पोष्टमार्टम गर्न नमान्दा शवको पोष्टमार्टम हुन सकेको छैन् ।

तेहृथुम जिल्लाको म्याङलुङ नगरपालिका–९ जिरीखिम्ती स्थायी घर भई सुनसरीको धरानमा बस्दै आएका ४२ वर्षीय लाजेहाङ लिम्बू कोशी प्रदेश नामाकरणको विरोधमा ०७९ चैत ५ गते विराटनगरमा आयोजित विरोध कार्यक्रममा सहभागी भएको अवस्थामा प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा मृत्यु भएको संघर्ष समितिले चैत १० गते विज्ञप्ति जारी गरी जनाएको छ ।

सरकारले लाजेहाङलाई शहिद घोषणा र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध नगराएसम्म शवको पोष्टमार्टम नगरिने धरान संघर्ष समितिका सदस्य अमर इजमले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो ।

परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

०७९ चैत १३ गते बसेको मन्त्री परिषद्को बैठकले मृत्तकका परिवारलाई ३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले बताउनु भयो ।

पीडित लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– सङ्घीय लिम्बूवान कमाण्डर हुन् ।

कोशी प्रदेशसभामा कायम ९३ मध्ये ८२ जना प्रदेश सभा सदस्यहरूको दुई तिहाइले फागुन १७ गते तत्कालीनक प्रदेश १, को नामाकरण कोशी प्रदेश गरिएको थियो ।

प्रदेशको नामकारण कोशी प्रदेश भनि प्रदेश सरकारले फागुन १८ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

अन्य

भिडियो