INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा दुई महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका–११ का ३५ वर्षीय भीमबहादुर विश्वकर्मालाई दुई महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको ०७९ चैत २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी ३० हजार रुपिया क्षतिपूर्ति र पीडित राहतकोषमा १ हजार २ सय रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार मोहनबहादुर अधिकारीले बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई ३० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको श्रेस्तेदार अधिकारीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ साउन १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले साउन २ गते गिरफ्तार गरी जिल्ला अदालतमा साउन २४ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको साउन २५ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ साउन २ गते गरिएको थियो ।

अन्य

भिडियो