११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले खैरहनी नगरपालिका-३ बस्ने २५ वर्षीय च्याउरे भन्ने पितम गुरुङलाई ०७९ चैत २० गते तीन महिना कैद सजाय हुने फैसला गरेको छ ।
अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार तीन महिना कैद सजाय, १५ हजार रुपैयाँ क्षतिपुर्ति भराउने र १० हजार रुपैयाँ जरिवाना भर्ने फैसला भएको छ ।
०७९ माघ २२ गते बालिकामाथि यौन दुर्व्यवहार भएको भनी पीडित पक्षले गुरुङविरुद्ध माघ २३ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए ।
गुरुङ सोही दिन गिरफ्तार भएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण माघ २३ गते भरतपुर अस्पतालमा भएको थियो ।